सात जनाको मृत्यु, ४५ यात्रु घाईते

नवलपरासी, ४ भदौ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको नयाँ बेलहानी–८ स्थित जंगलमा सवारी दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।
गएराति भएको दुर्घटनामा ४२ यात्रु घाइते भएका हुन् । काठमाडौंबाट नेपालगञ्जका लागि हिडेको ना ४ ख १०९२ नम्वरको बस र विपरीत दिशावाट आउदै गरेको भारतीय ट्रकसँग ठोक्किदा सो दुर्घटना भएको हो ।
भारतबाट काठमाडौंका लागि हिडेको युपी ५३ बिटी ९३८७ नम्वरको भारतीय ट्रकसँग बस ठक्कर खाँएपछि ४ जना पुरुषको घटना स्थलमै मृत्यु भएको थियो । बाँकी दुई जनाको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतीले जनाएको छ ।
दुर्घटनामा भारत मोतिहारी घर भएका लालजी पासवान, बैतडीका बासुदेब जोसी र बैतडी घर भएका वसका चालक मदन राहुलको मात्र परिचय खुलेको छ । बाँकी ३ जनाको परिचय खुल्न सकेको छैन् ।
घाइतेहरु मध्ये ४ जनाको पुरानो मेडिकल कलेज भरतपुर, ७ जनाको मध्यविन्दु अस्पताल डण्डा र ३१ जनाको मनकामना मेडिकल हल अरुणखोलामा उपचार भइरहको छ ।
दुर्घटना स्थल पूर्व पश्चिम लोकमार्ग अन्तर्गत अरुणखोलादेखि करिब डेढ किलोमिटर पश्चिम नयाँ बेलहानी–८ स्थित जंगलमा भएको थियो ।
त्यस्तै नवलपरासीको अमरापुरीमा भएको ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ । ३ जना घाईते भएका छन् ।
आज बिहान अमरापुरीको नगरटाँडीमा बालुवा खसालेर १६ नम्बर भन्ने स्थान तर्फ फर्कदै गर्दा ब्रेक फेल भई ट्याक्टर नगरटाँडीमा सडक किनारमा पल्टीएको स्थानीयले बताएका छन् ।
दुर्घटनामा परेर ट्याक्टर चालकको मृत्यु भएको थियो । घाईते ३ जना मध्ये २ जनको अवस्था गम्भीर छ ।
उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल तर्फ पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया