इद उल फित्र मनाईदै

काठमाडौं, ४ भदौ । इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘इद उल फित्र’ विशेष हर्सोल्लासका साथ मनाईदै छ ।
एक महिनाको कठोर व्रत पछि ‘इद उल फित्र’ आजका दिन मनाउने गरिन्छ । गएराति चन्द्रमा उदाए पछि ‘इद उल फित्र’ मनाईन्छ । मुस्लीम समुदायले आजका दिन शुभकामना आदान प्रदान गर्नुका साथै नयाँ कपडा लगाएर र मीठो खानेकुरा खाएर रमाईलो गर्ने परम्परा छ । मुस्लीम समुदायले बर्ष भरि कमाएको धनबाट केही अंश दान गर्ने पनि गर्छन ।
यसैवीच, राष्ट्रपति डा.रामवरण यादवले ‘इद उल फित्र’ पर्वका अवसरमा शुभकामना दिएका छन् । उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवं स्मृद्धिका लागि शुभकामना अर्थात ‘इद मुवारक’ प्रकट गरेका छन् ।

प्रतिक्रिया