वर्षामा लोडसेडिङ बढ्यो

काठमाडौं : वर्षामा पनि नेपाल विद्युत् प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ बढाएको छ ।

वर्षामा लोडसेडिङ घट्दै जानुपर्ने भए पनि प्राधिकरणले सोमबारदेखि लागू हुने गरी लोडसेडिङ बढाएको हो । प्राधिकरण भारप्रेषण केन्द्रका अनुसार ३५ घन्टा लोडसेडिङ रहेकामा १३ घन्टा बढाएर ४८ घन्टा पुर्‍याइएको छ । ‘भारतबाट दैनिक एक सय २० मेगावाट विद्युत् आएकामा अहिले ४०/४५ मेगावाट कटौती भएपछि लोडसेडिङ बढाएका हौँ,’ केन्द्रका प्रमुख भुवन क्षत्रिले भने । उनका अनुसार भारतबाट विद्युत् आयात कम तथा कुलेखानीको जलाशययुक्त आयोजनाको पानीको सतह नबढेकाले लोडसेडिङ बढाइएको हो । गत वर्ष यसै समयमा कुलेखानी जलाशयमा एक हजार पाँच सय २३ मिटर पानी रहेकामा अहिले एक हजार पाँच सय १४ मिटर मात्र छ । नयाँ कार्यतालिकाअनुसार अब दैनिक हप्ताको चार दिन ७/७ घन्टा र तीा दिन ६/६ घन्टा लोडसेडिङ हुनेछ । नेपालको विद्युत् उत्पादन कम तथा भारतको भर पर्नुपरेकाले वर्षामा पनि लोडसेडिङ बढेको हो । (रस्मिता विष्ट/प्रशिक्षार्थी)

प्रतिक्रिया