सोमबार सार्वजनिक बिदा

काठमाडौं, ३ भदौ । गृह मन्त्रालयले सोमबार मुस्लीम समूदायको रमजान पर्व परेकाले सार्वजनिक विदा दिएको जनाएको छ ।
रमजानको अन्तिम दिन ईद (इदुल फित्र) का उपलक्ष्यमा सोमबार मुलुकभरि सार्वजनिक बिदा दिने निर्णय गरेको गृहले जनाएको छ ।
गत वर्ष फागुन–८ गते नेपाल राजपत्र भाग–५ मा इस्लाम धर्मावलम्बीको पर्व ईद (इदुल फित्र) का दिन सार्वजनिक पर्व बिदा दिइने उल्लेख छ ।

प्रतिक्रिया