कठपुतली सरकार विरुद्ध नयाँ मोर्चा

काभ्रे, ३ भदौ । नेकपा–माओवादीका महासचिव रामबहादुर थापाले प्रधानमन्त्री बाबुराम भट्टराईको कठपुतली सरकार विरुद्व नयाँ मोर्चा गठन गर्ने बताएका छन् ।
उनले जनताको अभिमत लिन नसक्ने शासकहरु निरंकुश हुने बताए । एमाओवादी जनतामा निरंकुशता लादन चाहिरहेको आरोप लगाएका थापाले भने, ‘उसका विरुद्ध संर्घष शुरु भैसकेको छ ।’ ।
नेकपा–माओवादी काभ्रेको जिल्ला कार्यालयको आज धुलिखेलमा उदघाटन गर्दै महासचिव थापाले १२ बुँदेको औचित्य समाप्त भएकाले नयाँ सहमति मार्फत मार्फत संकट समाधान गर्नु पर्ने बताए ।
थापाले एमाओवादी नेतृत्व निरंकुशता तर्फ गएको बताए । ‘राजा ज्ञानेन्द्रको शैलीमा घोषणा गरिएको निर्वाचनको कुनै औचित्य छैन,’ उनले भने, ‘ज्ञानेन्द्रको निरंकुशतन्त्र ढलेपनि अहिले लुट, भ्रष्ट, तस्कर, दलाल र डनतन्त्रको हावी भएको छ ।’

प्रतिक्रिया