दाहालका अभिव्यक्ति सत्ताकव्जाको मानसिकता

काठमाडौं, ३ भदौ । एमालेका वरिष्ठ नेता केपी ओलीले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले २०/२५ वर्षसम्म पनि वर्तमान सरकार रहिरहन्छ भन्ने अभिब्यक्ति सत्ताकब्जाको उपज भएको टिप्पणी गरेका छन् ।
काठमाडौंमा आज पत्रकारसंग कुरागर्दै उनले एमाओवादी अहिले अन्तिम सत्ताकब्जाको प्रयासमा रहेको आरोप लगाए । ‘यो १७ वा १८ औं शताब्दी होईन,’ उनले भने, ‘२१ औं शताब्दी हो यो कुरा एमाओवादीले भुल्नु हुँदैन ।’
एमाओवादीलाई सचेत बनाउँदै नेता ओलीले भने, ‘फिस्टोले बाँसको टुप्पोमा बसेर बाँसकै टुप्पो नुगाएको भने जस्तै एमाओवादी धाक धक्कु लगाउनमा ब्यस्त छ ।’
उनले कांग्रेस र एमाले जस्तो अनुभवी र पुराना पार्टी हुँदाहुँदै त्यसलाई विर्सेर एमाओवादी कुनै पनि हालतमा सफल हुन नसक्ने बताए ।
त्यसै गरेर नेता ओलीले राष्ट्रपति डा.रामवरण यादवले प्रधानमन्त्रीलाई बर्खास्त गरेर बालुवाटरबाट हटाउन सुझाव दिएका छन् ।
‘राष्ट्रपतिले पहिलो पत्र पठाएर प्रधानमन्त्रीलाई कामचलाउ बनाई दिनुभयो छ,’ नेता ओलीले भने, ‘अब अर्को पत्र पठाएर वर्खास्त गरेर बालुवाटारबाट हटाउन सक्नु हुन्छ ।’

प्रतिक्रिया