अवैध कार्यमा संलग्न ३६ जना पक्राउ

चितवन, ३ भदौ । अवैध कार्यमा संलग्न भएको आशंकामा प्रहरीले नारायणगढ र भरतपुरका विभिन्न होटलमा छापा मारेर युवा युवतीलाई पक्राउ गरेको छ ।
शनिबार प्रहरीको संयुक्त टोलीले विभिन्न होटलमा छापामारेर अवैध कार्यमा संलग्न भएको भन्दै १६ जना महिला तथा २० जना पुरुषलाई पक्राउ गरेको हो ।
पक्राउ परेकालाई दिनभर जिल्ला प्रहरी कार्यालयमा राखेर साँझ सम्झाई बुझाई आफन्तको जिम्मा लगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवी पौडेलले जानकारी दिए ।
नारायणगढ र भरतपुरका होटलमा अवैध रुपमा यौन व्यवसाय संचालन हुने गरेको सुराकीका आधारमा छापा मारिएको पौडेलले बताए ।

प्रतिक्रिया