थुनुवा दुई जनाको मृत्यु

झापा, २ भदौ । झापा र सुनसरी कारागारमा विभिन्न अपराधका कारण थुनामा रहेका दुई व्यक्तिको उपचारका क्रममा विराटनगरमा मृत्यु भएको छ ।
कारागार शाखा झापामा अपरहण तथा मानव शरीर बन्धक मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका बिनोद केरुङको उपचारका क्रममा आज विहान विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
झापा चन्द्रगढि–७ बस्ने २२ वर्षीय केरुङ खुट्टा सुत्रिने बिरामी भए पछि साउन–२० गते नोबेल अस्पताल बिराटनगरमा उपचारका लागि भर्ना गरिएको थिया । उनको आज विहान चार बजे उपचारकै क्रममा मृत्यु भएको प्रहरी भनाई छ ।
यता, सुनसरीमा पनि एक जना थुनुवाको उपचारकै क्रममा मृत्यु भएको छ ।
बन्यजन्तु सम्बन्धी मुद्दाको अनुसन्धानमा साउन–६ गते पुर्पक्षका लागि थुनामा रहेका संखुवासभाका दावा च्यावा शेर्पाको उपचारका क्रममा आज विहान एघार वजे कोशी अस्पतालमा मृत्यु भएको हो ।
संखुवासभा किमाथाङका–४ बस्ने ३५ वर्षीय शेर्पा साउन–२३ गते टिवीको बिरामी भई उपचारका कोशी अस्पतालमा भर्ना भएका थिए । (तस्विर गुगल)

प्रतिक्रिया