प्रहरी सहायक निरीक्षकको मृत्यु

कैलाली, १ भदौ । कैलालीको धनगढी नगरपालिकामा एक जना प्रहरी सहायक निरीक्षकको अचानक मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय टीकापुर दरबन्दी भएका सहायक निरीक्षक ध्वजबहादुर शाह आज विहान धनगढी नगरपालिका–४ स्थित आफ्नै घरमा विरामी परेका हुन् ।
अचानक बिरामी भएका शाहलाई उपचारका लागि सेती अंचल अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

हराएका युवा मृत्त फेला
उता, तीन दिनदेखि हराईरहेका इलाम श्रीअन्तुका एक युवक नजिकैको पोखरीमा मृत्त अवस्थामा फेला परेका छन् ।
श्रीअन्तु–२ का २६ वर्षीय युवराज पुलामीको शव पोखरीमा फेला परेको स्थानीय बैकुण्ठ घिमिरेले जानकारी दिए ।
मानसिक सन्तुलन ठीक नभएका पुलामी गत ३१ गते बुधबारबाट हराईरहेका थिए ।

प्रतिक्रिया