दाहाल प्रधानमन्त्री बन्न गठबन्धनः बैद्य

काठमाडौं, १ भदौ । नेकपा–माओवादीका अध्यक्ष मोहन बैद्यले एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफू प्रधानमन्त्री बन्न ‘संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धन’ निर्माण गरेको आरोप लगाएका छन् ।
पार्टी कार्यालय बुद्धनगरमा आज सञ्चारकर्मीसँग कुरागर्दै उनले समस्या समाधान भन्दा पनि सत्ताको आयू लम्ब्याउन गठबन्धन बनेको दाबी गरे । उनले भने, ‘अध्यक्ष पुष्पकमल दाहाल आफै कुर्सिमा पुग्न गठबन्धन बनाएका हुन् ।’
अध्यक्ष दाहाल र गठबन्धनमा रहेका दलहरुले पहिचान सहितको संघीयतालाई संविधानसभाको विघठनसँगै छाडिसकेको उनको आरोप थियो । उनले भने, ‘संघीयताका नाममा गठबन्धनले केवल जनता झुक्याउने चाल मात्र गरेको छ ।’
कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले शान्ति र संविधान नै तुहाएको भन्दै बैद्यले भट्टराई आफै असफल भएको प्रमाणित गरिकेको बताए ।
उनले एमाओवादीसँग एकता हुने कुनै संभावना नहरेको बताए । उनले भने, ‘एकता महाधिवेशन हुने संभावना पनि छैन ।’

प्रतिक्रिया