बर्दियामा हतियार सहित पक्राउ

नेपालगन्ज, १ भदौ । प्रहरीले बर्दियामा हतियार सहित दुई जना पक्राउ परेका छन ।
पूर्वपश्चिम राजमार्ग अन्र्तगत जिल्लाको अम्रनी ब्यारेक नजिकबाट बसमा यात्रा गरिरहेका एक पुरुष र एक महिला बिहीवार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा सिराहा सोनमती गढीया–७ र सर्लाही कर्मैया–९ दुबै ठेगाना बताउने ४३ वर्षीय देवीलाल सिंह र कैलाली टीकापुरकी १९ वर्षीया अस्मिता शाही रहेका छन् ।
सिंहको साथबाट एक थान एसएमजी हतियार, एक थान म्यागजीन, ९ एमएम गोली २१ थान, ८ एमएम केएफ गोली १० थान, सल्फेड पाउडर र गन्धक, १० हजार रुपियाँ बरामद गरेको प्रहरीले जनाएको छ ।
राजमार्ग गस्तीमा रहेको प्रहरीले महेन्द्रनगरबाट काठमाडौंका लागि छुटेको ना ४ ख ४३७ नम्बरको बसमा आशंका लागेर चेकजाँच गर्दा सिंहको दाहिने हातको काखीभित्र कपडाले बेरेर हतियार लुकाई राखेको अवस्थामा पक्राउ गरेको प्रहरी भनाई छ ।
प्रहरीका अनुसार सिंहले आफू मोस्ट वान्टेडको सूचीमा रहेकाले चार वर्र्षदेखि कैलालीको धनगढीमै बस्दै आएको बताएका छन् । सिंहसँगै रहेकी युवतीलाई भने हतियारका बारे कुनै पनि जानकारी नभएको दुवै जनाले बयान दिएका छन् ।
पक्राउ परेका दुवै जनालाई राति जिल्ला प्रहरी कार्यालय गुलरियामा राखिएको बर्दियाका एसपी रामकृपाल शाहले बताए ।

प्रतिक्रिया