आइसिसी अवार्डको मनोनयन सार्वजनिक

दिल्ली, ३१ साउन । आइसिसी अवार्ड–२०१२ अवार्डका लागि मनोनयन सार्वजनिक भएको छ । अवार्डको टेस्ट क्रिकेटर अफ द इयर विधामा कुनै पनि भारतीय खेलाडी मनोनयनमा परेनन् । विराट कोहली भने क्रिकेटर अफ द इयर र एकदिवसीय क्रिकेटर अफ द इयरमा मनोनयनमा परेका छन् । भारतीय टोलीका कप्तान महेन्द्रसिंह धोनी र गौतम गम्भीर एकदिवसीय क्रिकेटर अफ द इयरको मनोनयनमा परेका छन् । सचिन तेन्दुलकर पिपुल्स च्वाइस अफ द इयरको मनोनयनमा परे ।
६ जना खेलाडी भने तीन भिन्न विधामा मनोनयनमा परेका छन् । यसरी तीन भिन्न विधामा मनोनयनमा पर्नेमा पाकिस्तानका सइद अजमल, दक्षिण अफ्रिकाका हसिम अमला, अस्ट्रेलियाका कप्तान माइकल क्लार्क, श्रीलंकाका कुमार संगाकारा, इंगल्यान्डका एलिस्टर कुक र वेस्ट इन्डिजका स्टेफन टेलर रहेका छन् ।
१५ सेप्टेम्बरका दिन आइसिसी टी–ट्वान्टी अवार्डभन्दा अघि मतदान हुनेछ । पिपुल्स च्वाइसमा संसारभरका क्रिकेट समर्थकले मनोनयनमा परेका पाँचमध्ये जोकोहीलाई मतदान गर्न पाउनेछन् ।
पिपुल्स च्वाइसमा मनोनयनमा पर्ने अन्य खेलाडीमा संगाकारा, दक्षिण अफ्रिकाका भर्नोन फिलान्डर र ज्याक्स कालिस तथा इंगल्यान्डका जेम्स एन्डरसन रहेका छन्् । आइसिसी प्यानलले यो नाम सार्वजनिक गरेको हो ।
आइसिसी क्रिकेटर अफ द इयरमा कुक, क्लार्क, अजमाल र अमलाका साथै इंगल्यान्डका स्टुवार्ड ब्रोड, कोहली, फिलान्डर, संगाकारा र टेलर मनोनयनमा परे । आइसिसी टेस्ट क्रिकेटर अफ द इयरमा मनोनयनमा पर्ने खेलाडीमा अजमाल, अमला, ब्रोड, क्लार्क, कुक, कालिस, फिलान्डर र संगाकारा रहेका छन् । यसैगरी वेस्ट इन्डिजका शिवनारायन चन्द्रपाउल र मार्लन सामुयल्स, इंगल्यान्डका म्याट प्रियर तथा दक्षिण अफ्रिकाका एबी डी भिलियर्स र डेल स्टेन रहेका छन् ।
आइसिसी मेन ओडीआई क्रिकेटर अफ द इयरमा अजमाल, क्लार्क, कुक, धोनी, गम्भीर, कोहली, संगाकारा र टेलर मनोनयनमा परे । मनोनयनमा पर्ने अन्य खेलाडीमा पाकिस्तानका सहिद अफ्रिकी, इंगल्यान्डका स्टेफ फिन, बंगलादेशका सकिब अल हसन, श्रीलंकाका लासिथ मालिंगा, न्युजिल्यान्डका ब्रेन्डन म्याककुलुम, दक्षिण अफ्रिकाका मोर्ने मोर्काल, वेस्ट इन्डिजका सुनिल नारायन, जिम्बावेका ब्रान्डन टेलर र अस्ट्रेलियाका सेन वाटसन रहेका छन् ।
आइसिसी वुमन क्रिकेटर अफ द इयरको मनोनयनमा अस्ट्रेलियाकी जेम्स क्यामरन, एइलिसा हेले र लिसा स्टेखर, वेस्ट इन्डिजका स्यानल डाले र स्टिसा मोहम्मद तथा भारतकी मिथाली राज र इंगल्यानडकी साराह टेलर रहेका छन् ।
आइसिसी इमर्जिङ क्रिकेटर अफ द इयरमा न्युजिल्यान्डका ट्रेन्ट बल्ट र ड्रग ब्रेुसवेल, श्रीलंकाका दिनेश चण्डीमाल र लिहरु थिरमाइन, अस्ट्रेलियाका प्याट कुमिन्स, नाथन लियोन र जेम्स प्याटिन्सन रहेका छन् । उक्त विधामा मनोनयनमा पर्नेमा बंगलादेशका नासेर हुसेन, पाकिस्तानका जुनेद खान, जिम्बावेका टिनो मकायो र वेस्ट इन्डिजका सुनिल नारायन पनि मनोनयनमा परेका छन् ।
आइसिसी स्पिरिट अफ क्रिकेट अवार्डमा पाकिस्तानका मोहम्मद हफिज, दक्षिण अफ्रिकाका ज्याक्स कालिस र एबी डी भिलियर्स, वेस्ट इन्डिजका किरोन पोलार्ड तथा न्युजिल्यान्डका डानियल भिटोरी मनोनयनमा परेका छन् । एजेन्सी

प्रतिक्रिया