यात्री र बेल्वासेलाई मोती पुरस्कार

काठमाडौं : राष्ट्रिय युवासेवा कोषमार्फत बर्सेनि प्रदान गरिँदै आएको ‘युवा वर्ष मोती पुरस्कार’ यस वर्षका लागि नाटककार कृष्ण शाह ‘यात्री’ र कवि ठाकुर बेल्वासेले संयुक्त रूपमा पाउने भएका छन् ।
पुरस्कार छनोट समितिका अध्यक्ष एवं प्राडा चूडामणि बन्धुको अध्यक्षतामा आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । चालीस वर्ष ननाँघेका युवा स्रष्टालाई प्रदान गरिने पुरस्कार रशि ५० हजार नगद र स्वर्ण पदक रहेको छ ।
नेपाली भाषा–साहित्य उत्थान र श्रीवृद्धिका लागि योगदान पुर्‍याएबापत यी दुई स्रष्टालाई पुरस्कृत गरिन लागेको कोषले बतायो । संगीत तथा नाटय प्रज्ञाप्रतिष्ठानका प्राज्ञ सदस्यसमेत रहेका यात्रीले नेपाली नाटक र रंगमञ्चमा योगदान पुर्‍याएका छन् । बेल्वासेको समकालीन नेपाली कविता र यससम्बन्धी कार्यक्रम सञ्चालनमा योगदान छ ।
आगामी भदौ १ गते १४७ औँ मोती जयन्तीका अवसरमा यी दुई स्रष्टालाई पुरस्कृत गरिने कोषले जानकारी दियो । (सौस)

प्रतिक्रिया