यथास्थितिमा कांग्रेस नेतृत्व स्वीकार छैन

पोखरा, २९ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा पुनःस्थापना गरेर नयाँ संविधानमा सहमति जनाए कांग्रेस नेतृत्व स्वीकार्य हुने बताएका छन् ।
पोखरामा आज आयोजित कार्यक्रममा उनले कांग्रेस नेतृत्वमा सरकार गठन गर्ने हो भने पाँच बुँदे सहमति लागू हुनुपर्ने माग गरे । प्रधानमन्त्री भट्टराईले संविधान नबनाईकन ताजा जनादेशमा जाने हो भने सरकारको नेतृत्वका लागि नयाँ सहमति बनाउनुपर्ने बताए ।
भट्टराईले दलहरुका वीच सहमति भएमा आफू एक मिनेट पनि कुर्सीमा नबस्ने दाबी गरे । संविधानसभाको अवसानपछि देश छुट्टै मोडमा पुगेकाले मुलुकलाई निकास दिएर मात्रै आफूले सत्ता छाड्ने उनले बताए ।
उनले पाँच बुँदे सहमति अनुसार नै दलहरुका वीच सहमति भए संविधानसभालाई पुनःस्र्थापना गरेर संविधान जारी गर्न सकिने बताए ।
यसैवीच, पोखरामा प्रधानमन्त्री भट्टराइले यसबर्षको स्वतन्त्रताका सेनानी स्वर्गीय दयाशंखर पालिखे स्मृति पुरस्कार नेपाल पत्रकार महासंघका पूर्व सभापति विष्णु निष्ठुरीलाई प्रदान गरेका थिए ।

प्रतिक्रिया