अवैध पोल्ट्री फार्म सञ्चालनमा

रौतहट, २९ साउन । बर्डºलुको उच्च जोखिम रहेको रौतहटमा व्यापक रूपमा अवैध पोल्ट्री फार्म सञ्चालनमा छन् ।

दक्षिणी सीमावर्ती गाविसमा अवैध रूपमा दर्जनाँै पोल्ट्री फार्म सञ्चालन हुँुदै आए पनि सम्बन्धित निकाय मौन छन् । पोल्ट्री फार्म सञ्चालकले सरकारको इजाजत नलिई अवैध रूपमा फार्म सञ्चालन गरी राजस्व चुहावट गरिरहेका छन् । जिल्लाका बेलबिछवा, बनजरहा, औरैया, रामपुरवा, नरकटीया गाविसमा दर्जनाँै पोल्ट्री फार्म अवैध रूपमा सञ्चालनमा छन् ।
सरकारले बर्डºलुको संक्रमण दृष्टिगत गरी भारतबाट भित्रिने पशुपक्षीमा रोक लगाएता पनि दक्षिणवर्ती क्षेत्रका अधिकांश पोल्ट्री फार्मका सञ्चालकले चोर बाटोबाट कुखुरा र चल्ला नेपाल भित्र्याइरहेको सहरमुजवा गाविस–२ का वृजभूषण मिश्रले बताए ।
खुला सिमानाको फाइदा उठाउँदै पोल्ट्री फार्मका सञ्चालकले स्थानीय प्रहरी प्रशासनसँग मिली चोर बाटोबाट अवैध कुखुरा र कुखुराका चल्ला नेपाल भित्र्याइरहेको सीमावर्ती क्षेत्रका बासिन्दाले बताएका छन् ।
त्यसैगरी ठूला उद्योगका रूपमा जिल्लामा सञ्चालनमा रहेका केही पोल्ट्री फार्म सञ्चालकले भारतीय चल्ला अवैध रूपमा भित्र्याउने गरेको रहस्य खुलेको छ । सञ्चालकले प्राय: राति सीमावर्ती बजार, घोडासहन, कुन्डवाचैनपुर, ढाकालगायतका बजारबाट प्रतिबन्धित चल्ला र कुखुरा जिपमा राखेर आआºनो फार्मसम्म ल्याउँछन् । पछि सोही चल्ला र कुखुरालाई आºनै उत्पादन भनेर खुला रूपमा बिक्रीवितरण गरिरहेको स्थानीयवासीको गुनासो छ ।
जिल्लाका विभिन्न गाविसमा विनाइजाजत नै यस्ता पोल्ट्री फार्म सञ्चालन भइरहे रौतहटमा चाँडै बर्डºलु भित्रिने रौतहटका बुद्घिजीवी बताउँछन् । जिल्ला पशुसेवा कार्यालय रौतहटका प्रमुख डा. देवेन्द्र यादवले पोल्ट्री फार्म सञ्चालनका लागि स्वीकृति नै लिनुपर्ने व्यवस्था नभए पनि सञ्चालन गरिएको जानकारी गराउनुपर्ने व्यवस्था रहेको पनि उनले बताए । उनले पोल्ट्री फार्म सञ्चालन गर्नु राम्रो भए पनि भारतबाट अवैध कुखुरा र चल्ला ल्याउनु गलत भएकाले त्यस्ता पोल्ट्री फार्म सञ्चालकमाथि कारबाही हुने बताए ।

प्रतिक्रिया