सरकार बनाउने ठेक्का एमाओवादीको होइन

चितवन, २८ साउन । कांग्रेस सभापति सुशील कोइरालाले एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले बेइमानी राजनीति गर्ने गरेको भन्दै आपत्ति जनाएका छन् ।
चितवनमा आज आयोजित कार्यक्रममा उनले आफूहरु वार्ता र सहमतिकै प्रयासबाट निकास दिने पक्षमा रहेको जनाउदै इमान्दार भएर आउन एमाओवादीलाई सुझाव दिए ।
उनले बार्ता सहमतिबाटै मुलुकलाई निकास दिनु पर्ने बताए । ‘एमाओवादीको धम्कीले मात्रै समस्याको समाधान हुँदैन,’ उनले भने, ‘पुष्पकमल दाहालको रवैयाले एमाओवादी भित्रै उनको कद होचो बनाउँछ ।’
सरकार बनाउने ठेक्का एमाओवादीको नरहेको बताएका उनले गैर जिम्मेवार रुपमा नबोल्न दाहाललाई आग्रह गरे । उनले एमाओवादीलाई धम्कीको राजनीति छाडेर इमान्दार र विश्वासको वातावरण बनाउन सुझाव दिए ।

प्रतिक्रिया