सेवामुखी काम गर्न कर्मचारीलाई निर्देशन

काठमाडौं, २८ साउन । कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले भ्रष्टाचार महारोग भएकाले यसलाई जरैदेखि उन्मूलन गर्नुपर्ने बताएका छन् ।
सिंहदरबारमा आज आयोजित कार्यक्रममा भट्टराईले भ्रष्टाचार नियन्त्रणमा संलग्न संवैधानिक तथा कार्यकारी निकाय, संघसंस्था तथा समस्त नागरिकको संगठित प्रयासमा नै भ्रष्टाचार नियन्त्रण गर्न सफल भइने बताए ।
उनले कर्मचारीलाई सेवामुखीभन्दा पनि प्रक्रियामुखी ढङ्गले अगाडि बढ्न निर्देशन दिए ।

प्रतिक्रिया