विदेशी हस्तक्षेपको खतराः थापा

वीरगन्ज, २८ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संवैधानिक र राजनीतिक संकटबाट मुलुकलाई मुक्त गराउनु नै अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन् ।
उनले संवैधानिक र राजनीतिक संकट लम्बिँदै गयो भने मुलुक असफल राष्ट्र बन्ने खतरा उत्पन्न हुने बताए । वीरगञ्जमा आज आयोजित कार्यक्रममा उनले भने, ‘असफल राष्ट्र भएपछि मुलुकमा विदेशी शक्तिको हस्तक्षेप बढ्ने सम्भावना बढी हुन्छ ।’
उनले अहिलेको संवैधानिक र राजनीतिक संकटको निकासका लागि प्रमुख राजनीतिक दलले समयमै सम्वेदनशील र सचेत भएर अगाडि बढ्नुपर्ने बताए ।

प्रतिक्रिया