लिटिल प्रिन्सेसको ताज प्रज्ञालाई

काठमाडौं : २६ प्रतियोगी बालिकालाई पछि पार्दै प्रज्ञा मानन्धरले दोस्रो लिटिल प्रिन्सेस नेपाल २०१२ को ताज पहिरिएकी छन् । शुक्रबार राजधानीमा सम्पन्न अन्तिम स्पर्धामा उनले बाजी मारेकी हुन् ।
ताजसँगै उनले म्युजिक साउन्ड सिस्टम र विभिन्न सामग्री पुरस्कार पाइन् । रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित सो प्रतियोगितामा गीतिका गरबुजाले फस्ट र रेष्मा निरौलाले सेकेन्ड रनरअपको उपाधि चुमे ।
मिभा प्रधानले फ्रेन्डसिप, सोनु कुँवरले डिसिप्लिन, शिवानी तण्डुकारले ट्यालेन्ट, समीक्षा उपाध्यायले वक, परिस्थिति पाण्डेले पर्सनालिटी, निर्देशिका कार्कीले ड्रेस, आस्था सापकोटाले स्माइल, समृद्धि गिरीले फोटोजेनिक, व्यापिका श्रेष्ठले क्युट, जेनिसा वज्राचार्यले कम्प्लेक्सन, लिजा शाक्यले हेयर र रीकिता कारजितले भिअर्स च्वाइस विधालाई आºनो बनाए । प्रा.डा. राज्यश्री श्रेष्ठ, ब्युटिसियन सीता पाठक, चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, डिजाइनर तरुनिका महतो, संस्कृतिविद् प्रा. डा. विना घिमिरे (पौडेल)लगायत निर्णायकले विजेताको निर्णय गरेको प्रतियोगितामा राज फैजुको कोरियोग्राफी थियो ।

प्रतिक्रिया