एथलेटिक्समा बोल्टको कीर्तिमान

लन्डन : एथलेटिक्समा युसेन बोल्टले स्वर्णपदक जिते । उनले १९.३२ सेकेन्डमा रेस पूरा गरे । एक सय मिटरका पनि स्वर्ण विजेता बोल्ट दुवै स्पर्धामा स्वर्ण रक्षा गर्ने पहिलो खेलाडी बनेका छन् । जमैकाका योहान ब्लेक दोस्रो तथा वारियन वेर तेस्रो भए । पुरुष ट्रिपल जम्पमा अमेरिकाका क्रिस्टोफर टेलरले १७.८१ नाघ्दै स्वर्ण पदक जिते । अमेरिकाकै विल क्लेले रजत तथा इटालीका फाबिजियो डोनाटोले कांस्यपदक जिते ।
पुरुषको ८ सय मिटरमा केन्याका डेविड लुुकटा रुडिसाले १ मिनेट ४०.९१ सेकेन्डको विश्वकीर्तिमानसहित स्वर्ण पदक जिते । बोत्स्वनाका निजले आमोसले रजत तथा केन्याका किमोथी डेटुमले कांस्यपदक जिते । महिला ज्यालभिन थ्रोमा रुसकी बारबोरा स्पटकोभाले स्वर्णपदक जितिन् । जर्मनीका क्रिस्टिना ओगरफुलले रजत तथा लिन्डा स्टालले कांस्यपदक जितिन् । (एजेन्सी)

प्रतिक्रिया