‘झ्याउ’ सहित चिनियाँ नागरिक पक्राउ

सिन्धुपाल्चोक, २६ साउन । प्रतिबन्धित जडीबुटी सहित प्रहरीले चिनियाँ नागरिकलाई सिन्धुपाल्चोकमा पक्राउ गरेको छ ।
ओसार पसार तथा विक्री बितरण गर्न नपाउने प्रतिवन्धित एक प्रकारको प्रजातीको ‘झ्याउ सहित प्रहरीले चिनियाँ नागरिक गुईरोडलाई कोदारीमा पक्राउ गरेको जनाएको छ ।
‘जि’ ४२११३३१६ नम्वरको राहदानी बोकेकी चिनियाँ नागरिक गुईरोडलाई सीमा प्रहरी चौकी कोदारीका प्रहरीले नियन्त्रणमा लिएको थियो ।
काठमाडौंतर्फ जान लागेको अवस्थामा ना.२ च २५७७ नम्वरको जीपलाई बिहीबार चेकजाँच गर्ने क्रममा ४८ किलो ‘झ्याउ बरामद भएको थियो ।
चिनियाँ नागरिकलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि गौरी शंकर संरक्षण क्षेत्र आयोजनामा बुझाएको छ ।

प्रतिक्रिया