काठमाडौं, २६ साउन । काठमाडौंको भाटभटेनीस्थित एक गोदाममा आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।
भारत मोतिहारी घर भएका परवेश आलमको कपास गोदाममा आज विहान अचानक आगलागी हुँदा करीव १५ लाख रुपियाँ बराबरको धनमाल जलेर क्षती भएको प्रहरीले जनाएको छ ।
उता, सुनसरीमा पनि अचानक आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।
बिष्णु पादुका–५ बस्ने सन्देश राईको घरमा गएराति अचानक आगलागी हुँदा २ वटा घर जलेर करीव २० लाख रुपियाँ बराबरको धनमाल क्षती भएको छ ।
प्रतिक्रिया