सेनापतिको कार्यभार जवरालाई

काठमाडौं, २५ साउन । नेपाली सेनाको कायम मुकायम प्रधान सेनापतिको जिम्मेवारी आजदेखि गौरब शम्शेर जवराले सम्हालेका छन् ।
प्रधान सेनापति छत्रमान सिंह गुरुङ नियमित अवकाशमा गएपछि जवराले सो जिम्मेवारी सम्हालेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ । सैनिक मुख्यालयमा आज आयोजित विशेष कार्यक्रममा गुरुङले जवरालाई आफ्नो सम्पूर्ण जिम्मेवारी हस्तान्तरण समेत गरेका छन् ।
अनिर्वाय अवकास पाउने भएपछि गुरुङ आजै बाट विदा बसेका छन् ।
सैनिक मुख्यालयले कायम मुकायम प्रधान सेनापति जबराको पदोन्नती तथा नियुक्तीका लागि आजै सिफारिस सहितको पत्र रक्षा मन्त्रालयमा पत्र पठाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया