जाजरकोट, २४ साउन । जाजरकोटमा स्थानीय युवाको खुकुरी प्रहारबाट बासुदेब सिंह गम्भीर घाईते भएका छन् ।
नायकबाडा–७, तोलखाना निवासी ३५ बर्षीय सिंहलाई स्थानीय २६ बर्षीय चक्रबहादुर सिंहले बुधबार राति खुकुरी प्रहार गरेको ईलाका प्रहरी कार्यालय रामीडाँडाले जनाएको छ ।
लेकमा गोठ सार्ने विषयलाई लिएर विवाद हुँदा चक्रबहादुरले बासुदेवलाई खुकुरी प्रहार गरेर घाईते बनाएका हुन् ।
घाईते बासुदेवको स्थानीय स्वास्थ्य संस्थामा उपचार भईरहेको छ ।
प्रतिक्रिया