चीन र अमेरिका फाइनलमा

लन्डन : महिला बक्सिङमा बुधबार दुई फरक विधामा दुई अमेरिकी खेलाडी भिडे पनि एक जना सेमिफाइनलमै सीमित भइन् भने अर्की फाइनल पुगेकी छन् । फ्लाइवेटमा भिडेकी मार्लेन एस्पार्जा अन्तिम चारमा पराजित भएर कांस्यपदकमै सीमित भइन् भने मिडिलवेटमा भिडेकी क्लारेसा सिल्ड्स भने फाइनल पुगेकी हुन् ।
एस्पार्जा तीनपटककी विश्व च्याम्पियन चीनकी रेन केनकानसँग पराजित भएकी हुन् । केनकान १०–८ को झिनो अन्तरले पराजित भइन् । दुई चरणको समाप्तिसम्म केनकान ७–४ ले अगाडि थिइन् ।
ओलम्पिक महिला बक्सिङमा अमेरिकी पदक दिलाउने एस्पार्जा पहिलो खेलाडी बनिन् । सेमिफाइनलमा काजाकिस्तानकी मरिना भोल्नोभाको सामना गरेकी सिल्ड्स सुरुआतदेखि नै खेलमा हाबी भएकी थिइन् । पहिलो चरणमा ५–३ ले अग्रता लिएकी सिल्ड्स समग्रमा २९–१५ ले विजयी हँुदै कम्तीमा रजतपदक पक्का गर्न सफल भइन् । १७ वर्षीय सिल्ड्सले स्वर्णपदकका लागि रसियन नाडेज्डा तोर्लोपोभाको सामना गर्नेछिन् । फ्लाइवेटतर्फ बेलायतकी निकोला एडम्स र आयरल्यान्डकी केटी टेलर फाइनल पुगे । (एजेन्सी)

प्रतिक्रिया