प्रहरी निलम्बित

कैलाली : आँखा उपचारका लागि भन्दै लगिएका जिल्ला कारागार कैलालीका कैदी भागेको घटनामा दुई प्रहरी निलम्बनमा परेका छन् ।
कैदीसँगै सुरक्षाका लागि गएका प्रहरी हवल्दार गणेश चन्द र प्रहरी जवान दिलबहादुर टमटा निलम्बनमा परेका हुन् । दुवैजनालाई प्रहरीले निणन्त्रणमा लिएर घटनाको छानबिन सुरु गरेको छ । कारागार सुरक्षाका इन्चार्ज प्रहरी नायब निरीक्षक लोकबहादुर बोहरालाई निलम्बनका लागि केन्द्रमा सिफारिस गरिएको जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक घनश्याम अर्यालले बताए ।
घटनाबारे सत्यतथ्य पत्ता लगाउन जिल्ला प्रशासन कार्यालय कैलालीका उपसचिव भानदेव बडुको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति पनि गठन गरिएको छ । समितिले घटनाबारे बुधबारदेखि अनुसन्धान सुरु गरेको सिडिओ कैलाशकुमार बजिमयले जानकारी दिए । जिल्ला कारागार कैलालीमा कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका मालाखेती गाविस–५ का दीपक सिंह आँखाको उपचार गर्न लगिएका बेला सोमबार भागेका थिए । (सौस)

प्रतिक्रिया