भट्टराईको राजीनामा आउदैनः मन्त्री शर्मा

बुटवल, २४ साउन । शिक्षा मन्त्री दीनानाथ शर्माले शान्ति र संविधानको ग्यारेण्टी नहुँदासम्म प्रधानमन्त्री बाबुराम भट्टराईले राजीनामा नदिने दाबी गरेका छन् ।

पाल्पामा आज आयोजित कार्यक्रममा उनले मुलुकमा शान्ति कायम भएपनि बनिसकेको संविधान घोषण गर्ने वातावरण तयार नहुँदासम्म वर्तमान सरकारले राजीनामा दिन नमिल्ने बताए ।
उनले सहमतिका लागि दलहरुका वीच छलफल चलिरहेको भन्दै छिट्टै निकास आउने दाबी गरे । सौर्य

प्रतिक्रिया