बन्दुकको पाटपुर्जा सहित पक्राउ

कपिलवस्तु, २४ साउन । प्रहरीले कपिलवस्तुबाट बन्दुक बनाउने पार्टपुर्जा सहित रुकुमका एक जनालाई पक्राउ गरेको छ ।
रुकुम जिल्ला कोल–५ बस्ने ४१ बर्षीय टेकबहादुर पुनलाई प्रहरीले ६ वटा एकनाले बन्दुक बनाउने पाटपुर्जा सहित पक्राउ गरेको जनाएको छ । महेन्द्र राजमार्गमा सवारी साधन चेकजाँच गर्ने क्रममा कपडामा लुकाई ल्याएको बन्दुक बनाउने सामान बरामद गरेको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको गस्ती प्रहरी टोलीले मंगलबार शिवपुर–६ बाट पुनलाई पक्राउ गरेको थियो ।

प्रतिक्रिया