मिर्गौलारोगीले राष्ट्रपति भेटे

काठमाडौं : मिर्गौला रोगीहरूले मंगलबार राष्ट्रपतिलाई भेटेर आफ्ना समस्या सुनाएका छन् । राजधानी काठमाडौंमा उपचार गराइरहेका देशभरका भन्डै दुई सय ५० परिवारले राष्ट्रपति डा. रामवरण यादवलाई भेटी गुनासो सुनाएका हुन् ।
सरकारसँग ११ बुँदे माग राखेर बिहीबारदेखि आमरण अनशनमा बस्न लागेका उनीहरूले आफ्ना समस्याबारे राष्ट्रपतिको ध्यानाकर्षण गराएका थिए । राष्ट्रपतिले सहयोग गर्ने आश्वासन दिएको भेटपछि नेपाल किड्नी समाजका अध्यक्ष राजु तुलाधरले बताए । (सौस)

प्रतिक्रिया