सुनसरी, २३ साउन । सुनसरी जिल्लाको ईनरुवा–३ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्गमा आज संयुक्त राष्ट्र संघको गाडी र टिफर तथा मोटरसाईकल एक आपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ ।
राष्ट्र संघको युएन ६६–१–१७० नम्बरको गाडी, ना ४ ख १४३ नम्बरको टिफर र बा.१६ प ५१४८ नम्बरको मोटरसाइकल मध्यान्ह एकआपसमा ठक्कर खाँदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेर मृत्यु हुनेमा मोटरसाइकलमा सवार मोरङ जिल्ला बिराटनगर–३ बस्ने ४५ वर्षीय बिजयकुमार शर्मा, मोटरसाइकलको पछाडि सवार भारतीय नागरिक ४० वर्षीय बुधमाल जैन र राष्ट्र संघका गाडी चालक काठमाडौंका ४० वर्षीय राधेश्याम थापा रहेका छन् ।
घाइते उनीहरुको जिल्ला अस्पताल सुनसरीमा उपचारका क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा अन्य ३ जना घाईते भएका थिए । घाईते मध्ये राष्ट्र संघका जीपमा सवार २ जनालाई उपचारका लागि धरान लगिएको छ । टिफरका सह–चालक बिराटनगर बस्ने २४ वर्षीय शिवकुमार उराउलाई स्थानीय मेडिकल लगिएको छ । सहचालक उराउको अवस्था सामान्य रहेको छ ।
प्रतिक्रिया