कर्मचारीले राष्ट्रिय कार्यक्रम बहिष्कार गर्ने

काठमाडौं, २३ साउन । नेपाल निजामती कर्मचारी युनियनले निजामती सेवा ऐन कार्यान्वयन नभए सरकारका राष्ट्रियस्तरका कार्यक्रम वहिष्कार गर्ने चेतावनी दिएको छ ।
युनियनले आज काठमाडौंमा पत्रकार सम्मेलन गरेर निजामती सेवा ऐन अनुसार सबै सेवा, समूह र श्रेणीमा पदोन्नती गरिएका कर्मचारीलाई तत्काल जिम्मेवारी दिनुपर्ने माग गरेको हो ।
युनियनले पदीय जिम्मेवारी अनुसार काम गर्न नदिईए भादौं २२ गतेदेखि मुलुक भरी आन्दोलन गर्ने चेतावनी दिएको छ ।
माग पुरा नभए सरकारका तर्फबाट आयोजना हुने सम्पूर्ण राष्ट्रिय कार्यक्रम बहिस्कार गर्ने जनाईएको छ ।
यूनियनका अध्यक्ष सुबोधकुमार देवकोटाले कामचलाउ सरकारका प्रधानमन्त्री बाबुराम भट्टराईले आफूहरुका माग सम्बोधन गर्नुपर्ने बताए । उनले माग पुरा गराउन निजामती सेवा दिवस समेत बहिष्कार गर्ने बताए ।
कार्यक्रम अनुसार हातमा कालो पट्टी बाँधेर जनमुखीकार्य गर्ने, कलम बन्द गर्ने, बैंक, भन्सार, एयरपोर्ट ठप्प पार्नेलगायतका संघर्ष छन् ।

प्रतिक्रिया