सुटिङमा व्यस्त लारा

मुम्बई । टेनिस खेलाडी महेश भूपतिसँग बिहे गरेर सन्तानलाभ गरेपछि केही समय बलिउडबाट टाढिएकी अभिनेत्री लारा दत्तले चलचित्र डेबिटमा अभिनय सुरु गरेको बताएकी छन् । उनले ट्विटरमार्फत आफू चलचित्रमा फर्किएको जानकारी फ्यानहरूलाई गराएकी हुन् ।
ऐश्वर्या रायलगायत नायिका आमा बनेपछि चलचित्रमा फर्कन वर्षौं लगाउने गरे पनि लारा भने चाँडै फर्किएकी हुन् । अहिले उनी डेबिटको सुटिङमा व्यस्त छिन् । केही समय चलचित्रबाट टाढै बसेकी नायिका लारा फेरि अभिनयमा व्यस्त रहेकी हुन् ।
गत जनवरीमा छोरीलाई जन्म दिएपछि केही समय चलचित्रबाट विश्राम लिएकी लारा चलचित्र डेबिटमार्फत पुन: अभिनयमा फर्किएकी हुन् । यो चलचित्र हिन्दी र तमिल दुई भाषामा निर्माण भइरहेको छ । विजया नाम्बियारले हास्यमसला प्रयोग गरेर ग्याङस्टर विषयवस्तुमा निर्माण गरिरहको चलचित्रमा नीलनीतिन मुकेश, विनय विरमानी, विक्रमका साथ ईशा शर्वानीको मुख्य भूमिका रहेको एजेन्सीले जनाएको छ । (एजेन्सी)

प्रतिक्रिया