कमिसन नबढाए एलपी ग्याँस विक्री बन्द

काठमाडौं, २२ साउन । एलपी ग्याँस उद्योगीहरुले कमिसन बृद्धिलगायतका १६ बुँदे माग राखेर आन्दोलनको घोषणा गरेका छन् ।
उनीहरुले सर्वसाधारण उपभोक्ता र व्यवसायिक प्रावधानका लागि दुई थरी सिलिण्डरको व्यवस्था गर्ने भन्ने सरकारी निर्णय खारेज गर्न पनि माग गरेका छन् । खाना पकाउने ग्याँसको कालो बजारी हुन थाले पछि नियन्त्रण गर्न सरकारले दुई थरी सिलिण्डरको व्यवस्था गर्ने निर्णय गरेको थियो ।
माग पुरा नभए साउन–३१ गतेदेखि खाना पकाउने एलपी ग्यासँको विक्री वितरण रोक्ने उनीहरु चेतावनी छ ।
काठमाडौंमा आज पत्रकार सम्मेलन गरेर एलपी ग्यासँ उद्योग संघका उपाध्यक्ष शिवप्रसाद घिमिरले सोमबारसम्मको अल्टिमेटलाई नेपाल आयल निगम र सरकारले बेवास्ता गरे आन्दोलन गर्ने बताए ।
संघर्षका कार्यक्रम अनुसार साउन–२३ गतेदेखि पिडिओ खरिद नगर्ने, २४ गतेदेख भारतबाट ग्यासँ लोड नगर्ने, २५ गते भन्सारबाट ग्यासँ नछुटाउने र ३१ गतेदेखि माग पुरा नभएसम्म विक्री वितरण ठप्प पार्ने रहेका छन् ।
उद्योगी, डिलर कमिसन, ढुवानी, ओभरहेड खर्च तत्काल बृद्धिगर्नु पर्ने, उपभोक्ता र ब्यवसायीका लागि दुई थरी सिलिण्डर प्रचलनमा ल्याउने प्रावधान खारेज गर्नुपर्नेलगायतका माग व्यवसायीहरुको छ ।

प्रतिक्रिया