खोलाले बगाएर २ महिला बेपत्ता

काठमाडौं, २० साउन । बझाङ जिल्लामा घाँस काट्ने क्रममा खोलामा खस्दा एक बालिका बेपत्ता भएकी छन् ।
चौधारी–६ बस्ने १४ बर्षीया जयलक्ष्मी गिरी भिरमा घाँस काट्ने क्रममा आज विहान गोरी बगर खोलामा खसेकी थिईन । खोलामा खसेकी गिरीको अवस्था अज्ञात रहेको प्रहरीले जनाएको छ ।
उता, दार्चुलामा घुसा–१, खाईकोटस्थित गोलागड नदीमा एक महिला बगेर बेपत्ता भएकी छन् ।
काठेपुल आज विहान ११ बजे भाँचिदा सोही ठाँउ बस्ने ३० बर्षीय सरस्वती लोथम नदीमा खसेर बेपत्ता भएकी हुन् ।

प्रतिक्रिया