गोली प्रहारबाट साह घाइते

सप्तरी, २० साउन । सप्तरी जिल्लाको कोचाबखारी–७ मा गोली प्रहारबाट २० बर्षीय श्यामकुमार साह गम्भीर घाइते भएका छन् ।
उनलाई आज विहान ईटहरी विशनपुर–४ स्थित डिवार बाबाको मन्दिर नजिक अपरिचित समूहले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
४÷५ जनाको समूहमा आएका व्यक्तिहरुले उनलाई गोली प्रहार गरेका थिए । घाईते साहलाई उपचारका घोपा अस्पताल धरानमा लगिएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आशंकामा २ जनालाई पक्राउ गरेको छ ।

प्रतिक्रिया