काठमाडौं, २० साउन । काठमाडौंको कीर्तिपुर नगरपालिका–२, ट्याङलाफाँटबाट प्रहरीले हतियार सहित एक महिलालाई पक्राउ गरेको छ ।
हतियार राख्ने व्यक्ति भने फरार रहेका छन् । ट्याङलाफाँटमा डेरा गरी बस्ने मकवानपुर जिल्ला फापरवारी–६ घर भएका २६ बर्षीय डिम्वा तामाङको कोठा प्रहरीले आज तलासी गर्दा पेस्तोल फेला परेको हो ।
लोड गरी राखेको कटुवा पेस्तोल १ थान र गोली ३ राउण्ड तथा खुकुरी १ थान बरामद गरेको प्रहरीले जनाएको छ ।
फरार डिम्वा तामाङकी कान्छी पत्नी मनमाया तामाङलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया