बिपाशालाई पछारिन् सन्नीले

अहिले केही सुस्ताएकी भए पनि विपाशा बसु बलिउडकी स्थापित अभिनेत्री हुन् । कोही नवआगन्तुकले उनलाई पछि पारेको सुन्नुभयो भने तपाईंलाई आश्चर्य लाग्न सक्छ । जिस्म–२ बाट बलिउड प्रवेश गरेकी सन्नी लियोनले बिपाशालाई उछिनिन् भन्ने सुनेर धेरै चकित परेका छन् ।
जिस्म–२ का निर्माता डिनो मोरियाले बिपाशाभन्दा सन्नीलाई प्राथमिकता दिएपछि बलिउडमा सन्नी अघि बढेको चर्चा चल्न थालेको हो । एउटा कार्यक्रमको ‘रेपिड फायर’ राउन्डमा डिनोलाई प्रश्नको ओहिरो लागेको थियो । त्यतिकैमा ‘बिपाशा र सन्नीमध्ये कसलाई छान्नुहुन्छ ?’ भन्ने प्रश्न सोधिएको थियो । प्रश्न झर्न नपाउँदै डिनोले बिपाशाभन्दा सन्नी ‘हट’ भएको बताए । ग्ल्यामरस छवि बेचेर बलिउडमा ‘स्पेस’ बनाएकी बिपाशा सन्नीसामु के टिक्थिन् र ? आखिर सन्नी ‘पोर्न स्टार’ न परिन् † (एजेन्सी)

प्रतिक्रिया