संविधानसभा पुनःस्थापना गर्नुपर्छः देउवा

काठमाडौं, १८ साउन । कांग्रेसका बरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभा पुनःस्थापनाका पक्षमा आफ्नो अडान कायमै रहेको बताएका छन् ।
आफ्नै निवास बुढानिलकण्ठमा आज कांग्रेसका जिल्ला सभापतिहरुसँग भएको छलफलमा नेता देउवाले संविधानसभा पुनःस्थापना गनुपर्ने बताए ।
चियापान पछि पत्रकारहरुसँग कुरा गर्दै नेता देउवाले संविधानसभा पुनःस्थापना नै उत्तम विकल्प भएको जिकिर गरे ।
नेता देउवाले वर्तमान राजनीतिक र संवैधानिक संकट समाधान तथा नयाँ निर्वाचनका लागि पनि संविधानसभा पुनःस्थापना विकल्प हुनसक्ने बताए ।
देउवाले अध्यादेश मार्फत संविधान संशोधन गरे विवादास्पद हुने भन्दै संसदको पुनःस्थापना विना संविधानको संशोधन सम्भव नभएको बताए ।
राष्ट्रपतिबाट बाधा अड्काउको विकल्प पनि उपयुक्त हुन नसक्ने देउवाको जिकिर थियो । उनले कांग्रेस जिल्ला सभापतिहरुको भेलाले पार्टीलाई आन्तरिक रुपमा बलियो बनाउँदै नयाँ उचाइमा पुराएको दावी समेत गरे ।

प्रतिक्रिया