काठमाडौं, १७ साउन । नेपाली कांग्रेसका सभापति सुशील कोइराला र भारतीय जनता पार्टीका वरिष्ठ नेता यशवन्त सिन्हावीच आज भेटबार्ता भएको छ ।
कोइराला निवास महाराजगञ्जमा भएको भेटमा नेपालको पछिल्लो राजनीतिक अवस्था, दलहरुवीचको सम्बन्धलगायतका विषयमा कुराकानी भएको कोइरालाको निजी सचिवालयले जनाएको छ ।
भारतीय जनता पार्टीका नेता सिन्हाले दलहरु मिलेर राजनीतिक गतिरोधको अन्त्य गर्न सुझाव दिएका थिए ।
जवाफमा कांग्रेस सभापति कोइरालाले दलहरु समस्या समाधानका लागि छलफलमा रहेको भन्दै छिट्टै निकास आउनेमा आफू आशावादी रहेको बताए ।
प्रमुख दलहरुवीचको सम्बन्धमा खटपट भईरहेका समयमा नेपाल भ्रमणमा आएका भारतीय जनता पार्टीका वरिष्ठ नेता सिन्हाले यस अघि एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रधानमन्त्री बाबुराम भट्टराई, कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवालगायतसँग भेटगरिसकेका छन् ।
प्रतिक्रिया