काठमाडौं, १७ साउन । ०६८ सालको एसएलसीमा दुई विषयसम्म अनुत्तीर्ण भएका विद्यार्थीको मौका परीक्षा बुधबार सुरु हुँदै छ । परीक्षा नियन्त्रण कार्यालयका अनुसार २४ साउनसम्म सञ्चालन हुने मौका परीक्षामा एक लाख २१ हजार चार सय ६ परीक्षार्थी सहभागी हुँदै छन् ।
एक विषय लाग्ने परीक्षार्थी संख्या ५८ हजार एक सय ६६, दुई विषय लाग्ने ६३ हजार दुई सय ४० छन् । जसमध्ये छात्राको संख्या ६३ हजार ६ सय ८३ र छात्रको संख्या ५७ हजार सात सय २३ रहेको पनिकाले जनाएको छ । सबैभन्दा बढी परीक्षार्थी गणित विषयमा ६४ हजार दुई सय ६ जना छन् । सबैभन्दा बढी परीक्षार्थी कैलालीमा चार हजार आठ सय ७४ र सबैभन्दा कम मनाङमा तीनजना छन् । मौका परीक्षाका लागि देशभरमा दुई सय ३६ केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा नियन्त्रक डिल्लीराम रिमालले परीक्षाको सबै तयारी पूरा भइसकेको जानकारी दिँदै शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
प्रतिक्रिया