आजीवन सुविधा विरुद्ध अन्तरिम आदेश

काठमाडौं, १६ साउन । सर्वोच्च अदालतले पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई आजीवन सुविधा दिने सरकारी निर्णय विरुद्ध अन्तरिम आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीश ताहिर अली अन्सारीको एकल इजलासले सुविधान दिने सो अध्यादेश तत्काल कार्यान्वयन नगर्न नगराउन सरकारका नाममा अन्तरिम आदेश दिएको हो ।
पूर्व पदाधिकारी तथा विशिष्ट व्यक्तिलाई आजीवन सुविधा दिने कामचलाउ सरकारको निर्णयको चौतर्फी विरोध भईरहेका समयमा सर्वोच्चले पनि सो निर्णय कार्यान्वनय नगराउन आदेश दिएको छ ।
अधिवक्ता भरतमणि जंगमले अध्यादेश असंवैधानिक भएको भन्दै खारेज गर्न माग सहित साउन–११ गते सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया