प्रध्यानाध्यापक र लेखापालको शव फेला

भक्तपुर, १६ साउन । न्यू लुजियन एकेडेमी भक्तपुरका प्रध्यानाध्यापक सुदन पौडेल र लेखापाल बिधा साखकर्मी मृत्त फेला परेका छन् ।
गएराति भक्तपुरकै ताथली–८, ईथुलीस्थित कच्ची बाटोमा पौडेल र साखकर्मीको शव फेला परेको प्रहरीले जनाएको छ ।
कास्की जिल्ला पोखरा उपमहानगरपालिका–६ स्थायी घर भएका २५ बर्षीय पौडेल र भक्तपुर नगरपालिका–१० व्यासी बस्ने साखकर्मीको शव फेला परेको हो ।
ईथुलीस्थित कच्ची बाटोमा बा. २५ प ५१८ नम्वरको पल्सर मोटरसाइकल पल्टिरहेको अवस्थामा र उनीहरुको शव नजिकै फेला परेको थियो । दुबै जनाको निधारमा गहिरो चोट लागेको प्रहरी भनाई छ ।

प्रतिक्रिया