पत्रकारिता पुरस्कार भट्टराई र जवेगुलाई

इलाम, १५ साउन । ‘नगरपालिका उत्कृष्ट पत्रकारिता पुरस्कार–२०६९’ बाट इलामका दुई पत्रकार पुस्कृत भएका छन् ।
इलाम नगरपालिकाले इलाम पोष्ट दैनिकका सम्पादक सटेन्द्र जवेगु र कान्तिपुर दैनिकका इलाम संवाददाता विप्लव भट्टराईराई नगद सात हजार पाँच सय र सम्मानपत्रद्वारा पुरस्कृत गरेको हो ।
इलाममा आज आयोजित पुरस्कार वितरण कार्यक्रममा उनीहरुलाई पत्रकार महासघंका अध्यक्ष शिव गाउँलेले सो सम्मान प्रदान गरेका हुन् ।
नगरपालिकाको विकास, वातावरण तथा पर्यटन क्षेत्रसँग सम्बन्धित उत्कृष्ट लेख र समाचार सम्पे्रषण गरी पत्रकारिता मार्फत महत्वपूर्ण योगदान गरेको भन्दै भट्टराई र जवेगु उनीहरुलाई पुरस्कृत गरिएको हो ।
२०६७ सालमा नगरपालिकाले स्थापना गरेको पुरस्कारबाट वर्षेनी जिल्लाका दुई उत्कृष्ट पत्रकारलाई पुरस्कृत गर्दै आएको छ ।
यसअघि नगरपालिकाले पुरस्कार रेडियो नेपालका उमेश गुरुङ्ग, राजधानी दैनिकका कोकिला ढकाल, नागरिक दैनिकका रोशन साँवा र नेपाल टेलिभिजनका विजयशेखर भट्टराईलाई पुरस्कृत गरिसकेको छ ।
यसैवीच सोही कार्यक्रममा नगरपालिकाले एक सय बृद्धबृद्धालाई रेडियो वितरण गरेको छ ।

प्रतिक्रिया