काठमाडौं, १४ साउन । काठमाडौंको मनमैजु–९, शान्ति टोलबाट प्रहरीले आज सात किलो लागूऔषध चरेश सहित एक युवकलाई पक्राउ गरेको छ ।
डेरा गरी बस्ने मकवानपुर जिल्ला टिष्टुङ–५ स्थायी घर भएका २४ बर्षीय सुरेश लामालाई प्रहरीले सात किलो अवैध लागू औषध चरेशसहित पक्राउ गरेको जनाएको छ ।
बालाजु बृत्तबाट खटिएको प्रहरी टोलीले आज विहान लामाको कोठाबाट चरेश बरामद गरेको हो ।
प्रतिक्रिया