भट्टराई असफल र स्वार्थी प्रधानमन्त्री

इलाम, १४ साउन । नेकपा–माओवादीका पोलिटव्युरो सदस्य खड्गबहादुर बिश्वकर्माले बाबुराम भट्टराई नेतृत्वको वर्तमान सरकार इतिहासकै असफल रहेको दाबी गरेका छन् ।
‘वर्तमान सरकार राष्ट्रको निकास भन्दा पनि सत्तामा मात्र ध्यानकेन्द्रित गरेको छ,’ उनले भने, ‘बाबुराम इतिहासकै असफल र स्वार्थी प्रधानमन्त्री सावित भईसकेका छन् ।’
क्रान्तिकारी पत्रकार संघले इलाममा आज अयोजना गरेको पत्रकार सम्मेलनमा विश्वकर्माले चार वर्षसम्म संविधान निर्माण गर्न नसकेको संविधानसभा व्युताउनुको कुनै अर्थ नभएको बताए ।
‘नेताहरुले जनतालाई ठूलो धोका दिएका छन्,’ उनले भने, ‘असफल नेताहरुलाई नै ल्याउन संविधानसभा व्युताउनु जनताका लागि अर्को धोका हुनेछ ।’
संविधानसभा चुनावको घोषणा बाबुराम नेतृत्वको सरकार टिकाउने नौटंकी मात्र भएको भन्दै उनले मंसिर–७ गतेको चुनावमा जनताले साथ नदिने बताए ।
उनले राष्ट्रको एकमात्र निकास सर्वपक्षीय गोलमेच सम्मेलन भएको बताएका छन् ।
राजनीतिक दलहरुवीचमा संविधान सभा व्युताउने की अर्को संविधान सभाको चनाव गर्ने भन्ने वहस भईरहेका बेला विश्वकर्माले सो कुरा बताएका हुन् ।

प्रतिक्रिया