दुर्घटनामा अस्तुसँगै गयो परिवार(अपडेट)

बुटवल, १३ साउन । भारतको राजधानी नयाँ दिल्लीमा मृत्यु भएका आफन्तको अस्तु रिडीमा विर्सजन गर्ने भन्दै आएको गुल्मी थानपतिको एक परिवार पाल्पामा दुर्घटनामा परेको छ ।
शुक्रबार मध्यरातमा भएको दुःखद दुर्घनामा एकै परिवारका र नातेदार गरी १५ जनाको ज्यान गएको छ । दिल्लीदेखि बी एल १ वाई ए ४६७८ नम्बरको भारतीय जीप रिजर्भ गरेर आएको सो परिवार पाल्पाको बौघा पोखराथोक गाविसस्थित जोर्ते भिरमा दुर्घनामा परेको हो ।
मध्यरातमा दुर्घना भएका कारण समयमै उद्धार हुन नसक्दा धेरैको ज्यन गएको प्रहरीको अनुमान छ । भिरबाट खसेको जीप आज विहान जोर्तेका स्थानीयले बाख्रा चराउन गएका बेला देखेका थिए ।
गुल्मीको थानापति गाविसस्थित थोग्रामा रहेका आफन्त र पुर्खेली घर आएका उनीहरु घर नपुग्दै करिब एक घण्टाको बाटोमै दुर्घनामा परेका हुन् ।
जीप सडकबाट करिब सय मिटर तल कुरुगा खोलामा खसेको थियो ।
गुल्मीको थानपतिस्थित थोग्रमा पुर्खेली घर भई विगत ३० वर्षदेखि सपरिवार भारतमा रहेका धनबहादुर रानाको परिवार दुर्घनामा परेको प्रहरी भनाई छ । राना भारतको पन्जाब एन्ड सिन्ध बैंकका म्यानेजर थिए । उनैको अस्तु लिएर आएका परिवार दुर्घनामा परेका हुन् ।
रानाको ५ दिन अघि भारतमै ज्यान गएको थियो । रिडीमा अस्तु विसर्जन र गाउँमा काजकिरीयाका लागि आएका परिवारनै दुर्घनामा परेको उनका आफन्तले बताएका छन् ।
मृत्यु हुनेहरुमा वर्ष २७ की गंगा राना, वर्ष १८ की काबेरी राना, वर्ष २२ की तृष्णा राना, वर्ष १५ की भावना राना, वर्ष ५ की सानु राना, वर्ष ४८ की खगीसरा राना, वर्ष ३० की रीता राना र उनकी ९ महिनाकी छोरी कोसिका राना, वर्ष १८ की स्याली राना, वर्ष ३० का नरबहादुर राना र चालक भारतीय नागरिक अशोक कुमार रहेका छन । अझै ४ जनाको सनाखत हुन सकेको छैन ।
घाईते सचेन्द्र राना र निलेस रानाको लुम्विनी मेडिकल कलेज प्रभास पाल्पामा उपचार भईरहेको छ ।
उनीहरुको अहिले होस खुलेको अस्पताल स्रोतले जनाएको छ ।
प्रहरीका अनुसार धनबहादुरका दुईवटी पत्नी, उनीहरुका छोराबुहारी, छोरी र नाती–नातिनाहरु एउटै जीपमा नेपाल आएका थिए ।

प्रतिक्रिया