काठमाडौं, १२ साउन । राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा देखिएको संकटको निकास निर्वाचन भएपनि बाबुराम भट्टराई नेतृत्वको सरकारले निष्पक्ष चुनाव गराउनै नसक्ने बताएका छन् ।
राजधानीमा आज आयोजित कार्यक्रमा उनले स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि बहालबाल वा पूर्व न्यायाधिशको नेतृत्वमा चुनावी सरकार गठन गर्नु पर्ने बताए ।
एमाओवादीले निर्वाचनको नाममा सर्वसत्ताबाद लाद्न खोजेको दावी गर्दै उनले सरकारले घोषणा गरे अनुसार मंसिर–७ गते निर्वाचन हुनै नसक्ने बताए ।
उनले दलहरु असफल भईसकेकोले अब तीन दलको सहमति मात्रै राष्ट्रिय सहमति नहुने बताएका छन् ।
यसैवीच, थापाले आफूले विगतमा राज्यले पूर्व गृहमन्त्रीको हैसियतमा दिएको सुविधा नलिएको भन्दै पुनः नलिने दोहराएका छन् । उनले आफूले सरकारी सुविधा नलिने भनेर गृहमन्त्रालयलाई जानकारी गराईसकेको बताए ।
पूर्व सरकार प्रमुख र राष्ट्रप्रमुखलाई परदर्शी ढंगले राज्यले सुविधा दिन सक्ने भएपनि गृहमन्त्रीलाई सुविधा दिनुको कुनै औचित्य नभएको थापाको भनाई छ ।
प्रतिक्रिया