१२ क्विन्टल गाँजा बरामद

पर्सा, १२ साउन । पर्सा र मकवानपुर जिल्लाबाट प्रहरीले १२ क्विन्टल अवैध लागूऔषध गाँजा बरामद गरेको छ ।
पर्साको बिश्रामपुर–३ बस्ने लक्ष्मण कुर्मीको घरबाट प्रहरीले आज विहान २ बजे प्रहरीले ९ क्विन्टल अवैध लागूऔषध गाँजा बरामद गरेको जनाएको छ । कुर्मी भने फरार रहेका छन् ।
उता, मकवानपुर जिल्लाको मनहरी–३ बाट पनि प्रहरीले तीन क्विन्टल गाँजा बरामद गरेको छ । राजमार्ग नजिक वेवारिसे अवस्थामा रहेको अवैध लागूऔषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ । (तस्बिर गुगल)

प्रतिक्रिया