गंगालाल अस्पतालमा तोडफोड

काठमाडौं, ८ साउन । काठमाडौंको बाँसवारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा केही व्यक्तिले तोडफोड गरेर क्षति पुराएका छन् ।
अस्पतालको जनरल वार्डको ढोकाको सिसा र ल्यावको ढोकामा तोडफोड गरेर क्षति पुराउने ३ जनालाई प्रहरीले आइतबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा भक्तपुर सल्लाघारी घर भएका बिक्रम गुरुङ्ग, किशोर गुरुङ्ग र बिक्रम धौवन्जार रहेका छन् ।
५२ बर्षीय चिनियाबहादुर गुरुङ्ग मुटुको उपचारका क्रममा चित्त नबुझेर किशोर सहितका युवाले आइतबार अस्पतालमा तोडफोड गरेको प्रहरी भनाई छ ।

प्रतिक्रिया