फिर्ता भएन सम्पत्ति

सिन्धुपाल्चोक : सशस्त्र द्वन्द्वका बेला कब्जा भएको सम्पत्ति फिर्ता नहुँदा साँगाका एक परिवार अझै विस्थापित जीवन बिताइरहेका छन् ।
तत्कालीन नेकपा (माओवादी)ले साँगाचोक–९ का बाबुराम गिरीको जग्गा कब्जा गरेको थियो । ‘अहिलेसम्म सम्पत्ति फिर्ता भएन,’ गिरीले भने, ‘सम्पत्ति कब्जा भएपछि गाउँ छाडेर विस्थापित जीवन बिताइरहेका छौँ ।’
१३ वैशाख ०५९ मा माओवादीका जिल्ला नेता विदुर भारतीको नेतृत्वमा आएको समूहले गिरीको सम्पूर्ण जग्गा कब्जा गरेको थियो । माओवादीले जग्गा कब्जापछि घरमा समेत आगजनी गरेपछि आफूहरू बाध्य भएर विस्थापित हुनुपरेको गिरीले गुनासो गरे । माओवादीले कब्जा गरेको जग्गामा साँगाचोक–४ का माओवादी कार्यकर्ताले नै कमाइ गर्दै आएको गिरीले जानकारी दिए । साँगाचोकबाट विस्थापित गिरी परिवार काभ्रेको बनेपामा बस्दै आएकामा त्यहाँ पनि माओवादीले धम्की दिएपछि काठमाडौंमा बस्दै आएको छ ।

प्रतिक्रिया